s

मन्त्री बिष्टसँग कतार र यूएई राजदूतको भेट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज बिष्टले खाडी मुलुकका प्रमुख गन्तव्य कतार र यूएईका नेपालस्थित राजदूतहरुसँग छलफल गरेका छन् । आइतबार मन्त्रीसँग छुट्टाछुट्टै छलफलका लागि यूएईका राजदूत साईद हमदाम अलनाकवी र कतारका राजदूत युसुफ वीन मोहम्मद अल आई मन्त्रालय पुगेका थिए । यूएईका राजदूतसँग यूएईमा रहेका नेपाली कामदारको व्यवसायिक सुरक्षा, गुणस्तरीय कार्य वातावरण, श्रम सम्झौतालगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
 
मन्त्रीसँगको छलफलमा यूएई राजदूत नाकवीले नेपालमा कन्सुलेट कार्यालय स्थापना गरी त्यहाँ जाने कामदारलाई सेवा उपलब्ध गराउने र नेपालका कामदारको नेपाली सरकारी अस्पतालबाट गरिने स्वास्थ्य परीक्षण रिपोर्टलाई मान्न आफूहरु सकारात्मक रहेको बताए । त्यस्तै, नेपालमा कामदारका लागि तालिम केन्द्र स्थापना र बैधानिक तरिकाले बिप्रेषण ल्याउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । कतारका राजदूत अल हाईसँगको भेटमा श्रम सम्झौता परिमार्जन गर्ने, कतारमा दक्ष कामदारको आपूर्तिमा जोड दिने र नेपाली दूतावासबाट मागपत्र प्रमाणिकरणका विषयमा छलफल भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
 
Published on: 9 April 2018 | Madhyanha

Back to list

;