s

म्यानपावरमा छापा, व्यवसायी विरोधमा

 
काठमाडौं, कामदारलाई विदेशमा लगेर अलपत्र पारेको र ठगी गरेको आरोपमा प्रहरीले म्यानपावर कम्पनीमा छापा मारेपछि वैदेशिक रोजगार व्यवसायी संघ विरोधमा उत्रिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले १७ वटा म्यानपावर कम्पनीमा बुधबार छापा मार्नुका साथै ८ जनालाई पक्राउ गरेको थियो ।
 
संघले वैदेशिक रोजगार विभागले मात्र छापा मार्न सक्ने जिकिर गर्दै अन्य निकायले छापा मार्ने र पक्राउ गर्ने कार्यको विरोधमा व्यवसाय बन्द गरेको जनाएको छ । संघले विज्ञप्तिमार्फत बिहीबार व्यवसाय बन्द गरी कामदार पठाउन स्थगित गरेको जनाएको छ ।
 
म्यानपावर कम्पनीले कामदारसँग मनलाग्दी रकम असुल गर्ने, त्यसअनुसार कर नतिर्ने गरेको आरोपमा राजस्वले पनि छापा मार्दै आएको छ । सरकारले असार २१ गतेदेखि खाडी राष्ट्रका ६ देश र मलेसियाका लागि लागू गरेको 'फ्रि टिकट र फ्रि  भिसा' को पनि व्यवसायीले विरोध गर्दै आएका छन् ।
 
कतिपय म्यानपावर व्यवसायीले रकम उठाएर विदेश नपठाउने, सरकारले तोकेभन्दा बढी रकम असुल्ने र कामदारले प्रश्न गर्दा धम्क्याउने गरेको गुनासो बढदै गएको छ । संघद्वारा बुधबार जारी विज्ञप्तिमा भिसा प्राप्त भएका कामदारलाई ७ दिनभित्र उडान प्रक्रिया पूरा गर्न पनि व्यवसायीलाई अनुरोध गरेको छ ।
 
Published on: 26 February 2016 | Kantipur

Back to list

;