s

म्यानपावरलाई ५३ लाख जरिवाना, ९ विरुद्ध उजुरी

कामदरलाई विभिन्न प्रलोभन देखाई ठग्ने १४ म्यान पावर कम्पनीलाई बैदेशिक रोजगार विभागले ५३ लाख रुपैया जरिवाना गरेको छ ।

कमदारलाई वैदेशिक रोजगार पठाउने भनेर रकम लिने तर नपठाउने, लागतभन्दा बढी रकम लिने, करारअनुसार सेवा सुविधा नदिलाउने, भिसा स्कानिङ गरेर ठगी गर्ने, पूर्वस्वीकृति नलिई अन्तर्वार्ता लिने, अनुमति नलिई शाखा चलाउनेजस्ता ठगीमा रिवाना गरेको हो ।

सोही अवधिमा गैरकानुनी कार्य गरी कामदारलाई ठग्ने ९ वटा म्यानपावर कम्पनीविरुद्ध विभागले न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । अघिल्लो आर्थिक वर्ष ८ म्यानपावरविरुद्ध उजुरी दर्ता गरेकामा यो वर्ष ५ महिना ३ प्रक्रियाको मुद्दा प्रक्रियासहित १३ पुगेको छ । विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईका अनुसार जरिवानामा पर्नेमा म्यानवापरका गौरीशंकर ओभरसिज, भिक्टोरी कस्मिक, क्रमवल्ड ओभरसिज, प्रतिज्ञा मेनेजमेन्ट, ग्यालिमेन्ट, इभरगि्रन इम्प्लाइमेन्ट, एनबी इन्टरनेसनल, मार्कोपोलो  र वेस्ट वे सर्भिस छन् । सबैभन्दा बढी ४३ लाख ८५ हजार रुपैयाँ बिगो दाबी गर्दै विभागले एनबीविरुद्ध उजुरी दर्ता गरेको छ ।

Published on: 28 December 2012 | Kantipur

Back to list

;