s

म्यानपावरको स्तर तोक्न वेवसाइट

वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीको स्तर निर्धारण गर्ने वेभसाइट शुरु गरिएको छ ।
 
उक्त वेभसाइटले वैदेशिक रोजगारको सेवा लिएका व्यक्तिले दिएको जानकारीका आधारमा सम्बन्धित म्यानपावर कम्पनीको स्तर निर्धाण गर्ने छ । अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले शुरु गरेको वेभसाइट धधध।चभअचगष्तmभलतबमखष्कयच।यचन ले म्यानपावर कम्पनीको सेवाको स्तरका बारेमा जानकारी दिने छ । यो वेभसाइट नेपालसँगै इन्डोनेसिया, फिलिपिन्स तथा मलेसियामा एकसाथ शुरु भएको छ । यस वेभसाइटमा हरेक मुलुकका लागि अलग्गै भाषामा रहेका छन् । वेभसाइट निर्माणमा नेपालबाट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आइटियुसीसँग सहकार्य गरेको छ ।
 
आइटियुसीको माइग्रेन्ट रिक्रुटमेन्ट एडभाइजर (एमआरए) परियोजनाकी व्यवस्थापक इरा रच्मावतीका अनुसार यस वेभसाइटले वैदेशिक रोजगारमा जान चाहनेलाई सही मेनपावर कम्पनीको छनोट गर्न मद्धत गर्नेछ । उनले वैदेशिक रोजगारका क्रममा रहेका वा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको मूल्याङ्कनका आधारमा सम्बन्धित मेनपावर कम्पनीको स्तर निर्धारण हुने भएको र सो जानकारीले वैदेशिक रोजगारमा जान चाहनेलाई सही मेनपावर कम्पनी छनोट गर्न सहयोग गर्ने बताइन् । नेपालमा हाल एक हजार भन्दा धेरै म्यानपावर कम्पनी छन् । ती सबै म्यानपावर कम्पनीको नामसहितको सूची वेभसाइटमा राखिएको छ ।
 
Published on: 13 April 2018 | Madhyanha

Back to list

;