s

म्यानपावरको नाममा ठगी आशंका

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लोकेन्द्र श्रेष्ठ नाम बताउनेले चोकमागु २ की विष्णुकुमारी तुम्बापोबाट ६० हजार लिएर बेपत्ता भएका छन् । उनीबारे बुझ्दै जाँदा ह्यापी नेपाल इम्प्लोएमेन्ट म्यानपावरका कर्मचारी नभएको खुलासा भएको हो । उनले आफू ह्यापी नेपालको कर्मचारी बताउँदै रकम उठाए पनि कम्पनीले लोकेन्द्र भन्ने व्यक्ति आफ्नो कर्मचारी नभएको दाबी गरेको छ । 

मलेसिया पठाइदिने भन्दै रकम लिएर बेपत्ता भएपछि बिचल्लीमा परेकी तुम्बापोले प्रहरीमा उजुरी दिएकी छन् । प्रहरी निरीक्षक याम पौडेलले म्यानपावरका नाममा स्थानीय एफएम र पत्रपत्रिकामा सार्वजनिक सूचना दिएर ठगी भएको भन्दै अनुसन्धान सुरु गरिएको जानकारी दिए । यसैबीच ह्यापी नेपाल इम्प्लोएमेन्ट प्रालिका सञ्चालक विशाल सिग्देल र प्रबन्ध निर्देशक अमिर बास्तोलाले आफ्नो कुनै पनि जिल्लामा शाखा कार्यालय नभएको जनाएका छन् । संयुक्त हस्ताक्षरित विज्ञप्तिमा लोकेन्द्र श्रेष्ठ भन्ने व्यक्ति संस्थामा नरहेको जनाएको छ ।

Published on: 10 August 2012 | Kantipur

Back to list

;