s

म्यानपावरको आन्दोलनले खाडी उड्ने यात्रु घटे

विभिन्न माग राखेर आन्दोलन थालेका म्यानपावर व्यवसायीले विदेश जाने कामदारको टिकट काट्न बन्द गरेपछि त्यसको प्रभाव विमानस्थल र वायु सेवा कम्पनीमा पनि देखिएको छ । केही दिन यता विदेशीने यात्रुको चाप घटेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए । व्यवसायीले गत १७ जेठबाट विदेश जाने कामदारको टिकट काट्न छाडेका हुन् । यसका कारण खाडी देश जाने कामदारको संख्यामा कमी आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल प्रुमख क्षेत्रीका अनुसार दैनिक ३ वटा उडान भरिररहेको एयर अरेबिया हाल २ वटामा खुम्चिएको छ ।

Published on: 3 June 2019 | Onlinekhabar

Back to list

;