s

म्यानपावर व्यवसायी चुनावमा

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको दुई वर्षे कार्यकालको लागि यही १७ गते हुने चुनावमा  राजनैतिक दलको समर्थन सहित तीन समूह प्रतिस्पर्धामा छन् । प्रगतिशिल बैदेशिक रोजगार व्यवसायी मञ्चको तर्फबाट सरोजकुमार पोखरेल, काँग्रेसको समर्थनमा नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमबाट बिमल ढकाल र स्वतन्त्र व्यवसायीको तर्फबाट किरण किशोर घिमिरेको टीमले उम्मेदवारी दिएको छ । पोखरेललाई एमाले र ढकाललाई कांग्रेसको समर्थन छ । घिमिरेले दलको पछि नलागेर व्यवसायीक रुपमा उठेको दावी गरेका छन् ।

संघका प्रमुख निर्वाचन अधिकृत बलबहादुर तामाङका अनुसार शुक्रवार १७ सदस्यीय कार्य समितिको लागि कूल ५१ उम्मेदवार र ६ सय ६३ मतदाताको अन्तिम नामाबली प्रकाशन भएको छ । पोखरेल समूहको प्रथम उपाध्यक्षमा गोविन्द्रप्रसाद थपलिया र महासचिवमा रोहन गुरुङ छन् । ढकाल समूहबाट प्रथम उपाध्यक्षमा कुमुद खनाल र महासचिवमा कमल तामाङ छन् । घिमिरे समूहबाट प्रथम उपाध्यक्षमा शमशेरबहादुर गुरुङ र महासचिवमा सुजितकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । कार्य समितिको कार्यकाल दुई वर्षको छ ।

वैदेशिक रोजगारमा नाममा म्यानपावर व्यवसायी तथा तिनका एजेण्टबाट कामदारमाथी हुने ठगी, प्रलोभन र करछलीका कारण जनमानसमा व्यवसायीको छबी नकारात्मक छ । तीनै समूहका उम्मेदवारले त्यसलाई सुधारी व्यवसायिक ढंगबाट अघि बढ्ने दावी गरेका छन् । उनीहरु कामदारलाई निशुल्क हवाई टीकट र भीसाको विपक्षमा छन् । अन्तर्राष्ट्रिय श्रम संगठनले कामदार भर्नाको लागि शुल्क लिन नपाईने भन्दै आएको छ ।
 

Published on: 28 June 2015 | Kantipur
 

Back to list

;