s

म्यानपावर कम्पनीसँग ‘आवद्ध’ मलेसियास्थित नेपाली दूतावासका कर्मचारी हटाइए

मलेसियास्थित नेपाली दूतावासले स्थानीय कर्मचारी प्रविन प्रधानलाई जिम्मेवारीबाट हटाएको छ । प्रधान काठमाडौंस्थित एक म्यानपावर कम्पनीसँग ‘आबद्ध’ रहँदै आएको समाचारहरु प्रकाशित भएपछि दूतावासले सवारी चालक प्रविन प्रधानलाई पदबाट हटाएको हो । 
 
दूतावासले बुधबार एक सूचना जारी गर्दै उनी नेपाली दूतावासको कुनैपनि जिम्मेवारीमा नरहेको उल्लेख गरेको छ । सूचनामा हटाउनुको कारणबारे केही पनि उल्लेख गरिएको छैन । ‘उहाँ म्यानपावर कम्पनीसँग आवद्ध हुनुहुन्छ भन्ने हामीलाई थाहा थिएन,’ दूतावास स्रोतले भन्यो, ‘पछिल्लो समय विभिन्न समाचारहरु आयो र दूतावासको आफ्नो छविको ख्याल गर्दै जिम्मेवारीबाट हटाइएको हो ।’
 
प्रधान काठमाडौंको गौशलास्थित उत्सव एचआर सोलुसन प्रालिको कार्यकारी निर्देशक रहेको समाचारहरु सार्वजनिक भएका थिए । दूतावासका अनुसार उनी करिब ५ वर्षअघिदेखि दूतावासमा राजदूतको निजी सवारी चालकका रुपमा कार्यरत थिए ।
 
Published on: 25 May 2018 | Kantipur

Back to list

;