s

म्यानपावर व्यवसायी कटुवाल पक्राउ

महानगरीय अपराध महाशाखाले ब्लु स्काई इन्टरनेसनलका सञ्चालक प्रेम कटुवाललाई पक्राउ गरेको छ । 

महाशाखाका अनुसार कटुवालको माछापुच्छ्रे बैंकको खातामा स्रोत नखुलेको २४ लाख रुपैयाँ शंकास्पद रहेको भेटिएपछि छानबिन गर्न उनलाई बिहीबार पक्राउ गरिएको हो । महाशाखाका प्रमुख दिनेश अमात्यले विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने बताएका छन् । कटुवाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हुन् । उनले यूएई र साउदी अरबमा कामदार पठाउँदै आएका छन् । 

वैदेशिक रोजगार व्यवसायी संघले कटुवाललाई फसाइएको भन्दै गृहमन्त्री विमलेन्द्र निधि र श्रममन्त्री सूर्यमान गुरुङलाई भेटेर ध्यानाकर्षण गराएको छ ।

Published on: 24 February 2017 | Kantipur

Back to list

;