s

म्यानपावर बन्द हुँदै

राजधानीमा १७ म्यानपावरलाई भएको कारबाही र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले एजेन्ट खारेजीको प्रस्ताव राखेपछि इटहरीलगायत पूर्वका म्यानपावरहरू बन्द हुन थालेका छन् । 
 
पूर्वमा प्रत्यक्ष र अप्रत्यक्ष ५० हजार म्यानपावरमा कार्यरत छन् । जसले कार्यालय, एजेन्ट, सहयोगीको काम गर्दै आएका छन् । 
 
सुनसरीको इटहरीमा १ सय १९ एजेन्ट, १२ शाखा कार्यालय र अन्य गरी झन्डै एक सय ८० म्यानपावर कम्पनीका कार्यालयहरू छन् । धरान लाइनस्थित मदरल्यान्ड ओभरसिजका टेकबहादुर श्रेष्ठले एजेन्टहरूका कारण वैदेशिक रोजगार व्यवसायमा ठगी धन्दा फस्टाएको भन्दै महिनाभित्रै एजेन्ट खारेजीको प्रस्ताव राखेपछि म्यानपावरहरू बन्द हुन थालेको बताए । 
 
पूर्वका इटहरी, बिर्तामोड उर्लाबारी, दमकलगायत क्षेत्रमा व्यवसाय गर्ने अधिकांश एजेन्टहरू रहेका छन् ।
 
Published on: 3 March 2016 | Kantipur 

Back to list

;