s

मानव बेचबिखनमा संलग्नलाई कडा कारबाही गर्न मानव अधिकार आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखनमा संलग्न एजेन्टमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै आयोगले मानव बेचबिखनमा संलग्न एजेन्टमाथि कडा कार्वाही गर्न सरकारलाई सचेत गराएको हो ।

कार्यक्रममा बोल्दै आयोगकी प्रवक्ता मोहना अनसारीले मानव बेचबिखन नियन्त्रणका लागि सरकारी निकायबीच रहेकोे तथ्यांक एकीकृत गर्न एकीकृत प्रणाली स्थापना गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

सरकारी निकायहरुबीच आवश्यक समन्वयको अभावमा पनि नेपालमा मानव बेचबिखन बढदै गएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पीडितले प्राप्त गर्ने क्षतिपूर्तिलाई सहज र सरल रुपमा उपलब्ध गराउन पनि आयोगले सरकारलाई निर्देश गरेको छ ।

आयोगकी प्रवक्ता अनसारीले मानव बेचबिखन नियन्त्रणका लागि संघीय ढाँचा अनुसार संरचना तत्काल निर्माण गर्न पनि सरकारलाई भनिएको बताइन् ।

त्यसैगरी आर्थिक तथा सामाजिक सशक्तिकरणका माध्यामबाट मानव बेचबिखन रोक्न पनि प्रभावकारी कदम चाल्न सरकारलाई पुुनः ध्यानाकर्षण गराउनु परेको आयोगकी प्रवक्ता अनसारीको भनाइ छ ।

आयोगले गरिबी मानव बेचविखनको मुख्य कारण रहेको औंल्याउँदै त्यसलाई निवारण गर्न पनि सरकारलाई सचेत गराउँदै आएको छ ।

Published On: 10 September 2018 | Online khabar

Back to list

;