s

मानव बेचविखन मुद्दामा पक्राउ वडाध्यक्षमाथि अनुसन्धान सुरु

देवचद्र भट्ट

बेचबिखन तथा ओसारपसार सम्लग्नताको अभियोगमा पक्राउ परेका नुवाकोटका दुप्चेश्वर गाउँपालिकाका १ का वडाध्यक्ष ४९ वर्षीय सुनबहादुर तामाङलाई अनुसन्धानका लागि काठमाडौ लगिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप अनुसन्धानका लागि अभियुक्त तामाङलाई काठमाडौं लगिएको नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
 
तामाङले मानव बेचविखन गरेको आरोपमा गत २०७१ साल वैशाख ५ गतेदेखि नुवाकोट जिल्ला अदालतमा मुद्दा खेपिरहेको नुवाकोट जिल्ला अदालतमा श्रेष्तेदार महिमानसिह विष्टले बताए ।
 
नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनमा तीनसय ८८ मत ल्याएर तामाङ वडाध्यक्षमा निर्वाचित भएका थिए । १० महिना अगाडि पक्राउ परेका तामाङ ६ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । फौजदारी मुद्दाका आरोपी वडाध्यक्ष तामाङ जिल्ला अदालतमा तारेख लिदै गरेको नुवाकोट अदालतले जनाएको छ । उनको मुद्दा जिल्ला अदालतमा विचाराधिन छ ।
 
Published on: 22 December 2017 | Annapurna Post

Back to list

;