s

मानव बेचबिखन गर्नेलाई २० वर्ष कैद फैसला

युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

दुप्चेश्वर गाउँपालिका–३ राउतबेंसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले दोषी ठहर गर्दै सो फैसला गरेको हो ।

अठार वर्षीया युवतीलाई अभियुक्त तामाङले चार वर्षअघि भारत लगेर बिक्री गरेको प्रहरीले जनाएको छ । विसं २०७१ कात्तिक १९ गते हराएकी युवतीका परिवारले जिल्ला प्रहरी कार्यालयमा आरोपी तामाङविरुद्ध उजुरी दिएका थिए ।

फरार रहेका आरोपी तामाङलाई काठमाडौंबाट २०७३ मङ्सिर १७ गते गिरफ्तार गरी नुवाकोट ल्याएर अनुसन्धान प्रहरीले थालेको थियो । पीडित युवतीलाई भारतीय प्रहरीले उद्धार गरी विसं २०७३ मा नेपाल फर्काएको प्रहरीले जनाएको छ ।

Published On: 16 January 2019 | Online khabar

Back to list

;