s

मानव बेचबिखन गर्ने पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अुनसन्धान ब्यूरोले मानव बेचबिखन मुद्दाका फरार अभियुक्तलाई सुनबहादुर तामाङलाई पक्राउ गरेको छ । 
 
नुवाकोट दुप्चेश्वरका तामाङलाई ब्युरोले नुवाकोटबाट पक्राउ गरेको हो । उनले २०७१ जेठमा नुवाकोटकै एक किशोरीलाई ललाई फकाई राम्रो काममा लगाई दिन्छु भन्दै भारतको दिल्ली पुर्‍याएर देह व्यापार गर्ने कोठीमा बेचेका थिए । बेचिएकी किशोरी कोठीबाट फुत्केर नेपाल फर्केपछि तामाङविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।
 
ब्यूरोले तामाङमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान कार्य जारी राखेको छ । ब्यूरो स्रोतका अनुसार, तामाङले अन्य युवतीलाई पनि भारत लगेर बेचेको हुन सक्ने आशंका गरिएको छ ।
 
Published on: 22 December 2017 | Kantipur

Back to list

;