s

माल्टा पठाइदिने भन्दै ६ लाख लिएर सम्पर्कविहीन भएका गुरूङ पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि माल्टा पठाइ दिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। रकम ठगी गरेको आरोपमा पोखरा घर भइ हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरूङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले गुरूङलाई नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको जानकारी दिए।

पीडित दिपक कडेंललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने, त्यसका लागि ८ लाख रुपैयाँ लाग्ने र त्यहाँ प्रतिष्ठित होटलमा काम लगाइदिने भन्दै प्रलोभनमा पारी उनीबाट ६ लाख १८ हजार रुपैयाँ लिइ गुरुङ फरार भएका थिए।

आफू ठगिएको थाहा पाएपछि पीडित कडेंलले गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।

गुरूङलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचाल पठाइएको प्रहरीले जनाएको छ।

Published on: 1 February 2024 | Annapurna Post

Link

Back to list

;