s

मलेसियामा कामदारले लेबी तिर्नुपर्ने

मलेसिया सरकारले तीन वर्षपछि फेरि आप्रवासी कामदारमाथि लेबी लगाउने भएको छ । २००९ अप्रिलदेखि कामदारको लेबी सोझै रोजगारदातासँग लिँदै आएकोमा उसले अब कामदारसँगै लिने गरी नीति उल्टाएको हो ।

मलेसियाले जनवरी १ देखि अक्टोबरसम्म लागू हुने गरी मलेसिया प्रायद्वीपमा ९ सय रिंगिट र सवाह, सरावाक र लेबुआन क्षेत्रमा ८ सय रिंगिट तलब निर्धारण गरेको थियो । १९९२ देखि लागू हुँदै आएको लेबी नीतिअनुसार २००९ मार्चसम्म कामदारले नै तिरेका थिए । त्यसपछि नीतिमा परिमार्जन गरी रोजगारदाताले तिर्नुपर्ने बनाएको थियो । नयाँ लेबी नीतिअनुसार कामदारले आफ्नो तलबबाट तिर्नुपर्नेछ । मलेसियास्थित नेपाली दूतावासले वैदेशिक रोजगार विभागमा पठाएको लेबी विवरणअनुसार कामदारले वाषिर्क ४ सय १० रिंगिट (करिब ११ हजार २ सय रुपैयाँ) देखि १८४० रिंगिट (५० हजार ६ सय रुपैयाँ) तिर्नुपर्नेछ ।

Published on: 8 February 2013 | Kantipur

Back to list

;