s

मलेसियामा ५ युवा अलपत्र

राहदानी थमाएर मालिक एक महिना हुँदा पनि नफर्केपछि एक कम्पनीमा कार्यरत ५ नेपाली युवा अलपत्र परेका छन् ।

१५ दिने बिदा दिई कम्पनी मालिक सम्पर्कविहीन हुँदा खौरयनी-६ सिरहाका विश्वेश्वर यादव, फुलवारिया-७ सिरहाकै चक्रबहादुर मगर, हतपते-५ सिन्धुलीका ठेटराज सुवेदी, कमलामाई-९ सिन्धुलीकै मेखबहादुर श्रेष्ठ र कुवाकोट-६ स्याङ्जाका विष्णु भण्डारी अलपत्र परेका हुन् । काजाङको फुनौं म्यानफ्याक्चिरिङ कम्पनीमा कार्यरत उनीहरू मंगलबार यहाँस्थित नेपाली दूतावासको शरणमा पुगेका थिए । सोफा निर्माण हुने उक्त कम्पनीमा कार्यरत सात नेपालीमध्ये एक जनाले काम छाडिसकेका र अर्का एक बिदामा छन् । उनीहरू ४ वर्षअघि कोटेश्वरस्थित डमरु म्यानपावरमार्फत मलेसिया आएका थिए ।

Published on: 8 March 2013 | Kantipur

Back to list

;