s

मलेसियामा ११ सय नेपालीको बिचल्ली

मलेसियाको सलेङगरस्थित फ्लेक्ट्रोनिक्स -भिस्टा पोइन्ट) टेक्नोलोजी कम्पनीमा आएका करिब ११ सय नेपाली कामदार भोकभोकै बस्न बाध्य भएका छन् । कामदार आएको एक महिनामै कम्पनी बन्द भएपछि दुई महिनादेखि नेपाली कामदार कामविहीन भएर होस्टेलमा बस्दै आएका छन् । कम्पनीले क्षतिपूर्तिस्वरूप दुई महिनाको आधारभूत तलब १८ सय २४ रिंगेट दिए पनि समयमा घर जाने आसमा कामदारले पैसा घर पठाएपछि अहिले जटिल अवस्थ्ाा आएको हो । 

हाल कम्पनीले कामदारलाई प्याकिङको खाना खुवाएर राखेको छ । 
कम्पनीको व्यवस्थापनले १० जनवरीमा कम्पनी बन्द भएको जानकारी गराएर जनवरीभित्रमा सबै कामदारलाई नेपाल फर्काउने र बस्न चाहनेलाई अन्य कम्पनीमा काम लगाइदिने आश्वासन दिएको थियो । 'कम्पनीले लगाएको तीन महिनाको भिसा समय सकिएपछि अहिले कामदार इलिगल रूपमा बस्न बाध्य भएका छन् । पुलिस प्रशासनसँग पनि बचेर हिँड्नुपर्ने अवस्था छ,' झापाबाट गएका कामदार जिसु मुर्मुले कान्तिपुरसँग फोनमा भने । कम्पनीले जनवरी २५ तारिखबाट कामदारलाई नेपाल फर्काउन सुरु गरे पनि नेपाली दूतावासलाई ६ फेब्रुअरीमा मात्र कम्पनी बन्द भएर नेपाली कामदार घर पठाउन लागिएको जानकारी गराएको थियो । यी कामदार बोर्ड वाइड, एएनएस, अञ्जली ओभरसिज, सिवाकोटी, खगोललगायतका म्यानपावरबाट मलेसिया पुगेका थिए ।
 
Published on: 10 February 2013 | Kantipur

Back to list

;