s

मालदिभ्समा नेपाली युवतीको मृत्यु

झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया संगीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ ।

वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स पुगेकी उनको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिए ।

संगीताको शव आज बिहान घर ल्याइपुर्याइएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । संगीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतककी मामा राजकुमार राजवंशीले बताइन् ।

मालदिभ्स्बाट श्रीलंकाको कोलम्बो हुँदै संगीताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो । अविवाहित संगीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स गएकी थिइन् ।

Published On: 22 September 2018 | Online khabar

Back to list

;