s

मलेसियामा नेपालीको मृत्यु

दुई वर्ष अगाडि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका झापा बिर्तामोड नगरपालिका–१ स्थित शान्ति टोलका ३८ वर्षीय जीवन सङ्ग्रौलाको आज बिहान मृत्यु भएको छ ।
 
मलेसियामा सञ्चालित लब इन कम्पनीमा चौकीदारका रुपमा कार्यरत उनको उच्च रक्तचापका कारण आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

सङ्ग्रौलाको शव नेपाल ल्याउन आवश्यक पहल भइरहेको मृतक सङ्गौलाकी कान्छी छोरी सुजाताले जानकारी दिए ।


Published on: 14 July 2015 | Annapurna Post


 

Back to list

;