s

मलेसियामा हवाई टिकट रद्द र भिसा अवधि समाप्त हुने नेपालीलाई दूतावासमा सम्पर्क गर्न अपिल

गाेरखापत्र अनलाइन 

काठमाडौं, चैत्र १८ गते । मलेसिया स्थित नेपाली राजदूतावासले १८ मार्च पश्चात नेपाल फिर्ता हुने हवाई टिकट रद्द भएका र भिसा अवधि समाप्त हुने नेपाली नागरिकहरुले दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

दूतावासले आज मंगलबार एक सूचना जारी गर्दै आफनो विवरण २ अप्रिल २०२० दिउँसो १.०० बजे भित्र जानकारी गराउन अपिल गरेको हो ।

दूतावासको फेसबुक पेजमा राखिएको दर्ता फारामको अनलाइन लिङकमा क्लिक गरी आफनो विवरण भर्न सकिने जानकारी दिएको छ । साथै राजदूतावासको इमेलमा समेत विरण पठाउन सकिने छ ।

Published on: 31 March 2020 | Gorkhapatra

Link

Back to list

;