s

मलेसियामा भिसासम्बन्धी नयाँ नियम, हजारौं नेपाली लाभान्वित हुनसक्ने

मलेसिया सरकारले विदेशी कामदारको अस्थायी रोजगार अनुमति (पीएलकेस) भिसा १० वर्षभन्दा बढी अवधिपछि नवीकरण नहुने प्रावधानमाथि हेरफेर गर्दै ३ वर्षसम्म थप्न सक्ने निर्णय गरेकाे छ।

मानव संशाधनमन्त्री एम कुला सेगरनकाअनुसार विदेशी कामदारको भिसा नवीकरणसम्बन्धी यसअघिको प्रावधानमा हेरफेर गरेकोहाे ।उनकाअनुसार हाल मुलुकमै रहेका विदेशी कामदारको दक्षतालाई ख्याल गर्दै गत अगष्ट २९ मा मन्त्रिपरिषद्‌बाट भिसा नवीकरणसम्बन्धी उक्त निर्णय गरिएको हो । यो निर्णय आगामी अक्टुबर १ देखि नै लागू हुने जनाइएको छ ।

‘अब १० वर्षसम्म भिसा नवीकरण गरेकाहरुले थप तीन वर्षसम्म हरेक वर्ष नवीकरण गरी काम गर्न पाउनेछन् ।’ मन्त्री सेगरनले भने ‘भिसा नवीकरणको अनुमति बढीमा ३ वर्षसम्मका लागि मात्र हो र उनीहरुले हरेक वर्ष नवीकरण गर्नुपर्दछ । यसले दक्षता भएका कामदारहरुलाई अड्याउन रोजगारदातालाई मद्दत गर्दछ ।’

यो नयाँ प्रावधान पूर्ण रुपमा लागू भएमा १० वर्षसम्म भिसा नवीकरण गरिसकेपछि म्याद गुज्रन लागेका (आउटसोर्सिङ र रोक्का भएका क्षेत्रमा कार्यरत बाहेक) उत्पादन, निर्माण, कृर्षि, प्लान्टेसन, सेवालगायत क्षेत्रमा कार्यरत हजारौं नेपालीहरुसहित विदेशी कामदारहरु लाभान्वित हुनेछन् ।

Published On: 13 September 2018 | Kantipur

Back to list

;