s

मलेसियामा नेपालीको मृत्यु

मलेसियाको एक कम्पनीमा कार्यरत दुई नेपाली युवाबीच सामान्य विषयमा झगडा हुँदा एकको मृत्यु भएको छ । सेरेम्बानस्थित कम्पनीमा काम गर्ने २५ वषर्ीय सञ्जय यादवको सोमबार सहकर्मीसितको झगडामा मृत्यु भएको मलेसियाली समाचार संस्था बर्नामाले जनाएको छ ।

प्रहरीका अनुसार कम्पनी परिसरमै भएको झगडामा ३३ वषर्ीय अर्का नेपाली युवाले जबर्जस्ती सञ्जयको मलद्वारमा 'एअर कम्प्रेसर पाइप' राखिदिएपछि उनको केहीबेरमै मृत्यु भएको हो । 

घटनापछि सुपरभाइजरलाई खबर गरी ती युवाले यादवलाई अस्पताल लगेका थिए । अस्पताल पुर्‍याउँदा डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए । यादवको नेपालस्थित ठेगाना खुल्न सकेको छैन । हत्या गर्ने युवाबारे विस्तृत विवरण खुल्न सकेको छैन । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

Published on: 5 August 2012 |  Kantipur

Back to list

;