s

मलेसियामा नेपाली सेक्युरिटी गार्ड कुट्ने नेपालीद्वारा आत्मसमर्पण

मुकुन्द गैरे

काठमाडौँ, साउन १९ गते । मलेसियामा एक नेपाली सेक्युरिटी गार्ड कुटपिट गर्ने व्यक्ति नेपाली नै भएको र उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेकाे जनाइएकाे छ । कुटपिट गर्ने व्यक्ति कपिलवस्तु जिल्लाका रामगोपाल मुराउ भएको मलेसियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । कुटाइ खाने व्यक्ति पनि नवलपरासीका ईस्लाम हुसेन रहेको र दुवै जना नेपाली रहेको दूतावासले बताएको छ । मलेसियामा हुसेनलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा देखिएको घटना यही ७ जुलाई बिहान १० बजेतिर क्वालालम्पुरमा रहेको एम थ्रि महलमा भएको थियो । पीडित सेक्यूरिटी गार्ड र पीडक सुपरभाइजरको रुपमा कार्यरत रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राजदूतावासको सम्पर्कमा आएका दुवै जनाले उक्त भिडियोमा देखिने पात्र आफूहरू नै रहेको कुरा स्वीकार गरेका छन् । हुसेनलाई पिट्ने रामगोपाल मुकाउ आज सोमबार नै स्वेच्छाले मलेसियन प्रहरीसमक्ष उपस्थित भएका छन् ।

Published on: 3 August 2020 | Gorkhapatra

Link

Back to list

;