s

मलेसियामा नेपाली मजदुर ३६ घन्टा काम गर्न बाध्य

मलेसियाको एक कम्पनीले तीन सय नेपाली कामदारलाई लगातार ३६ घन्टासम्म काम गर्न बाध्य पारेको खुलेको छ । नेपालीलाई स्कुडाई जोहरबारुस्थित बिजिएस सेक्युरिटी एसडिएन बिएचडी कम्पनीले करिब तीन सय नेपाली कामदारलाई अमानवीय रूपमा काम गर्न बाध्य पारेको हो । समस्यामा परेका सबै कामदार सेक्युरिटी गार्डको काम गर्न गएका छन् । ‘यहाँ हामी लगातार ३६ घण्टासम्म काम गर्न बाध्य छौं,’ बाँके घर भएका एक कामदारले भने, ‘काममा नगएर शारीरिक र मानसिक यातना सहनुपर्छ । नेपालमा गरिएको करारपत्रअनुसार पारिश्रमिक पनि पाएका छैनौं । उल्टै अनेक बहानामा तलबबाट रकम काटिन्छ ।’ बिजिएस सेक्युरिटी कम्पनीले अधिकांश नेपाली श्रमिकलाई दोहोरो करारपत्रमा हस्ताक्षर गर्न लगाएको उनले बताए । ३५ जनासम्मको समु्हमा बस्दै आएका आफूहरूले साप्ताहिक र सार्वजनिक विदा समेत नपाएको गुनासो गर्दै उनले घर फर्किन चाहे पनि अनुमति नपाएको बताए । सो कम्पनीमा रहेका अधिकांश नेपाली कामदारलाई ललितपुरको नाइस ओभरसिज र काठमाडौंको चप्पल कारखानास्थित जब स्पोट इन्टरनेशनलले पठाएका हुन् । चाहेर पनि फर्किन सक्दैनन् कम्पनीले कामदारलाई नेपाल फर्किन नदिन आफ्नै नियम बनाएको छ । ६ हजार रिंगेट ( १ लाख ६० हजार रुपैयाँ) बुझाउनुपर्ने मनोमानी नियम राखेको छ । तर, म्यानपावरबाट जाँदा भएको करारअनुसार तलब नपाएकाले उनीहरू यति धेरै पैसा तिरेर देश फर्किन सक्ने अवस्था छैन । ‘६ हजार रिंगेट धरौटी बुझाएर मात्रै फर्किन पाउने शर्त राखेको छ । भागेर फर्किउँ भने पासपोर्ट कम्पनीले नै राखेको छ,’ नयाँ पत्रिकाको सम्पर्कमा आएका अर्का एक कामदारले भने । तर, गत महिनामात्रै नेपाल–मलेसीयाबीच भएको श्रम समझदारीले पासपोर्टलगायत कागजात आफैँ राख्न पाउने अधिकार कामदारलाई दिएको छ । कम्पनीको अत्याचार सहन नसकेर एक वर्षको अवधिमा सो कम्पनीबाट १६ जना कामदार भागिसकेका छन् । उजुरी गर्दा उल्टै यातना बिलखबन्दमा परेका केही कामदारले नेपाली दूतावासमा उजुरी पनि गरे । करारअनुसार सेवा सुविधान नआएको र काम बढी लगाइएको भन्दै स्वदेश फर्किने वातावण बनाइदिन माग गरे । दूतावासले कम्पनीसँग कामदारको उजुरीबारे सोधखोज ग-यो । दूतावासले उजुरी गर्ने कामदारको नामै उल्लेख गरेर समस्याबारे जानकारी लिएपछि झनै समस्यामा परेको कामदारहरू बताउँछन् । ‘केही साथीहरूले दूतावासमा उजुरी गरे, तर दूतावासले कम्पनी व्यवस्थापकलाई उजुरीकर्ताको नाम नै भनिदिँदा झन् समस्या भएको छ । त्यस्ता साथीहरूलाई कोठा बन्द गरेर यातनासमेत दिएको छ ,’ ती कामदारले भने । सप्तरी तिलाठीका राजेन्द्र मरिक डोमको वयान  मलेसियामा यातना, स्वदेश आएपछि थप यातना  घरपरिवार पाल्न दुःख थियो । विदेश जाने सोंच बनाएँ । गाउँकै एजेण्ड विनोद यादवमार्फत् ललितपुरको न्यु कोलोनीस्थित नाइस ओभरसिजलाई डेढ लाख बुझाएर १३ माघ ०७४ मा मलेसिया उडेँ । दैनिक १२ घण्टा काम गर्ने र मासिक २१ सय रिंगेट (करिब ५७ हजार) दिने करार भएको थियो । वैदेशिक रोजगार विभागमा पनि करारपत्र बुझाइएको थियो । तर, त्यहाँ पुगेपछि कम्पनीले १७ सय रिंगेट दिनेगरी जबर्जस्ती अर्को करारपत्रमा हस्ताक्षर गर्न लगायो । काम भने ३६ घण्टासम्म पनि लगायो । भनेअनुसार काम नगरे कुटपिट तथा यातना दिन्थ्यो । नौ महिनासम्म काम गरेको जम्मा ८ हजार ७८२ रिंगेट (२ लाख ३० हजार) मात्रै पाएँ । यातना बढ्दै गएपछि म स्वदेश फर्किने प्रयासमा लागें । तर, झन् यातना भोग्नुप-यो । मैले श्रीमतीलाई सबै भनेको थिएँ । उनले म्यानपावरमा गएर श्रीमान् फर्काइदिन दबाब दिन थालिन् । वैदेशिक रोजगार विभागमा पनि उजुरी दर्ता गराइन् । तर, नेपालमा उजुरी दिएको कुरा म्यानपावरले रोजगारदाता कम्पनीलाई भनिदिएछ । विभागले पनि निवेदन दिएको साढे तीन महिनासम्म उद्दारको पहल गरेन । मेरी श्रीमतीलाई उल्टै उजुरी फिर्ता लिन दबाब दिएछ । मलाई उता झन् यातना दिन थाल्यो । चार दिनसम्म एउटा कोठामा बन्धक बनायो । उजुरी फिर्ता नलिए तलाई मारेर बाकसमा फिर्ता पठाउँछु भन्दै कुटपीट गर्थे । यातनाकै कारण मेरो दायाँ हात राम्रोसँग नचल्ने भयो । बाँच्ने आश नै मरिसकेको थियो । मेरो हालत श्रीमतीलाई थाहा थियो । उनले श्रीमान् मर्ने भयो भनेर म्यानपावरले चाहेअनुसार ३० कात्तिकमा कागज गरिछन् । त्यसमा, मैले करारअनुसार सुविधा पाइरहेको र आफ्नै स्वेच्छामा स्वेदश फर्किन चाहेको तथा फर्किएपछि म्यानपावरविरुद्ध उजुरी नगर्ने लेखिएको रहेछ । विभागकै राहत तथा उद्धार शाखाका अधिकृत रञ्जन तिमिल्सिनाको रोहबरमा कागज तयार भएको श्रीमतीले सुनाइन् । तर, त्यसपछि पनि फर्काउने पहल नभएपछि भाई उपेन्द्रले श्रममन्त्री गोकर्ण विष्टको सचिवालयमा गुहार मागेछन् । मन्त्रीका प्रेस संयोजक मदन खनालले म्यानपावरलाई दाबाब दिएपछि कम्पनीले फर्किन दियो । सोमबार यहाँ आएलगत्तै क्षतिपूर्तिका लागि विभागमा उजुरी दिन गएँ । तर, नेपाल फर्किएपछि कुनै उजुरी नगर्ने सहमति श्रीमतीले गरेको भन्दै विभागका कर्मचारी तिमिल्सिनाले उल्टै झपारे । त्यसपछि मन्त्रालयमै गएर समस्या सुनाएँ । तर, मेरो उजुरी अझै दर्ता भएको छैन । मलेसियामा त्यत्रो यातना पाएर फर्किए, स्वदेशमा थप यातना पाइरहेको छु । यस्तो छ, कानूनी व्यवस्था

वैदेशिक रोजगार ऐनमा करारभन्दा कम पारिश्रमिक र सुविधा पाउने गरी काममा लगाइए विभागले एक लाख रुपैयाँ जरिवाना गरी म्यानपावरबाट पीडित कामदारलाई क्षतिपुर्ति भराईदिनुपर्ने व्यवस्था छ । त्यसका साथै म्यानपावरले नै सम्बन्धित कामदारलाई स्वदेश फिर्ता ल्याउनु पर्ने हुन्छ । स्वेच्छामै सहमति गरेको भए कारबाही गर्न मिल्दैन

सहमति स्वेच्छाले गरेको वा करकापले गरेको भन्ने छुट्याउने आधार हुनुपर्छ । स्वेच्छामै हो भने म्यानपावरलाई कारबाही गर्न मिल्दैन । त्यसको प्रमाण सम्बन्धित व्यक्तिले नै जुटाउने हो । विभागबाट कहिँ कतै कमजोरी भएको पनि हुनसक्छ । त्यस्तो अवस्थामा सुधार गर्न सकिन्छ । उजुरी गर्दा उल्टै यातना बिलखबन्दमा परेका केही कामदारले नेपाली दूतावासमा उजुरी पनि गरे । करारअनुसार सेवा–सुविधा नआएको र काम बढी लगाइएको भन्दै स्वदेश फर्किने वातावण बनाइदिन माग गरे । दूतावासले कम्पनीसँग कामदारको उजुरीबारे सोधखोज ग-यो । दूतावासले उजुरी गर्ने कामदारको नामै उल्लेख गरेर समस्याबारे जानकारी लिएपछि झनै समस्यामा परेको कामदारहरू बताउँछन् ।

Published on: 2 December 2018 | Nayapatrika

Back to list

;