s

मलेसियामा मृत्यु भएका र बिरामी नेपालीको पहिचान खुल्यो

मलेसियामा विषाक्त रक्सी सेवनपछि ६ नेपालीको मृत्यु भएको छ। मलेसियाको सेलांगोर राज्यका विभिन्न स्थानमा काम गर्न गएका नेपालीको विषाक्त रक्सी सेवनबाट मृत्यु क्वालाम्पुरस्थित नेपाली राजदूतावास जनाएको छ।

मृत्यु हुनेहरूमा बसेरी- ३ धादिङका मिमबहादुर घले, मसिना-६ रुपन्देहीका रामकुमार यादव, अमरगढी-५ डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा-९ सुनसरीका  संजय उराव,  सिद्दिथुम्का- ९ इलामका बलबहादुर कुलुङ र ठेगाना खुल्न नसकेका आइतसिङ गोले छन्।

अनुसार विषाक्त मदिरा सेवनबाट १६ नेपाली बिरामी परेका छन्। तीमध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् भने केहीको उपचार जारी छ।

Published On: 19 September 2018 | Setopati

Back to list

;