s

मलेसियामा मृत्यु

 वर्षदेखि मलेसियामा रोजगारी गर्दै आएका दुराडाँडा–८ का २२ वर्षीय युवकको मृत्यु भएको छ । साँझ खाना खाएर सुतेका कृष्णबहादुर विक सोमबार बिहान मृत फेला परेको खबर उनका साथीले फोनमा दिएको परिवारले जनाएको छ । कृष्णकी दिदी शोभाले भनिन्, ‘आइतबार साँझ ८ बजेसम्म कुराकानी भइरहेको थियो । सोमबार साँझ घटनाको खबर आयो ।’ काठमाडौंस्थित एमडी ओभरसिजमार्फत गएका कृष्ण मलेसियाको एक कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए ।
 
Published on: 17 February 2016 | Kantipur
 

Back to list

;