s

मलेसियामा लेबी काट्ने कम्पनीविरुद्ध उजुरीको ओइरो

मलेसियामा स्थानीय कम्पनीहरुले सरकारी निर्णय विपरित गत जनवरी महिनामा तलवबाट नै लेबी काटेको भन्दै उजुरीका साथ सहयोग माग्ने नेपाली कामदारको संख्या बढेको छ ।
 
मलेसिया सरकारले गत जनवरीदेखि कामदारको तलबबाट लेबी काट्न नपाइने निर्णय गरेको थियो । कतिपय कम्पनीहरुले सरकारी निर्णयको पालना गरेपनि धेरै कम्पनीमा अझै पनि लेबी काटिएको भन्दै नेपाली कामदारहरुले कल सेन्टरमा फोन गरेर सहयोग माग्ने गरेका छन् ।
 
स्थानीय ट्रेड यूनियन, मलेसियन टे«ड यूनियन (एमटीयूसी)ले मलेसियाका प्रमुख तीन शहरको फोन नम्बर उपलव्ध गराएको छ । ती  सेन्टरहरुमा धेरै नेपालीले फोन गरेर सहयोग गरिदिन आग्रह गरेका छन् । एमटीयूसीले मलेसियाको पेनाङ, सेलेङगर र जोहोरमा कल सेन्टर स्थापना गरेको छ ।
 
मलेसियन ट्रेड यूनियन अन्तर्गतको एमआरसी संयोजक जुल थेका अनुसार हालसम्म सयौं नेपालीले त्यस्तो सहयोगका लागि आग्रह गरेका छन् । कल सेन्टरमा दैनिक ठूलो संख्यामा फोन आउने गरेको बताइएको छ । तर मले वा अंग्रेजी भाषा नजान्ने नेपालीले फोन गर्दा केही समस्या परिरहेको भन्दै उनले कुराकानीका लागि एमटीयूसी अन्तर्गतको हेल्प डेस्कका अन्य नम्बरहरु दिने गरेको बताए ।
 
उनले लबी समस्यामा परेका कामदारले मध्यरातदेखि एकाबिहानै समेत फोन गर्ने गरेको भन्दै कार्यालय समयमा फोन गर्न आग्रह गरेका छन् । फोन गर्नेहरुलाई उनीहरुको कम्पनीको नामसहितको विवरण टिप्ने गरिएको र लेबी कामदारबाट नकाट्नका लागि आवश्यक कारवाहीका लागि प्रकृया गर्ने गरिएको थेले बताएका छन् । करीब ५ लाख वैधानिक नेपाली कामदार रहेको मलेसियामा कामदारहरुले लेबी  छुट पाउँदा मासिक करोडौ रकम बचत हुने अपेक्षा गरिएको छ ।
 
Published on: 7 February 2018 | Madhyanha

Back to list

;