s

मलेशियामा कामदारको लेवी उच्च वृद्धि

मलेसिया: मलेसिया सरकारले आप्रवासी कामदारको लेवी शुल्कमा भारी वृद्धि गरेको छ फ्रेब्रुअरी १ बाट लागू हुने गरी सरकारले विदेशी कामदारको लेवी वृद्धि गरेको यहाँका सञ्चार माध्यमले जनाएका छन् । यहाँ रहेर श्रम गरिरहेका विदेशी कामदारले तिर्नुपर्ने लेवी दोब्बर वृद्धि गरेपछि वैदेशिक रोजगारीमा आएका नेपाली समेत प्रभावित भएका छन् । 
 
नेपाली कामदारको हकमा बिनिर्माण, निर्माण र सेवा अन्तर्गत अब प्रत्येक वर्ष प्रतिव्यक्ति २५ सय आरएम लेबिसहित अन्य केही अतिरिक्त शुल्क गरी २७ सय पाँच आरएम तय भएको छ ।
 
यसैगरी कृषि र वृक्षारोपण अन्तर्गतका नेपाली कामदारले वार्षिक १५ सय आरएम लेबी र अन्य अतिरिक्त शुल्क सहित १७ सय पाँच आरएम तिर्नुपर्नेछ । होस्टेलका लागि कम्पनीले यसअघि जस्तै अलग्गै शुल्क लिनेछन् ।
 
वृद्धि भएको लेवी यसअघि तिर्दै आएको लेवीसँग तुलना गर्दा दोब्बरभन्दा पनि बढी हुन आउँछ । मलेसियाले आगामी जुलाईदेखि लागू हुने गरी न्युनतम तलब एक हजार बनाउन लागेको छ । अहिले यहाँ आउने अधिकांश नेपालीले वेसिक नौ सय आरएममा काम गरिरहेका छन् ।
 
Published on: 2 February 2016 | Annapurna Post
 

Back to list

;