s

मलेसियामा जेल परेका हरेरामले भने, होटल चलाएको भन्दै पाँच जनालाई पक्रियो

रुपा राई

मलेसियामा जेल परेका सिरहाका हरेराम साहका परिवारले उहाँलाई उद्धार गरिदिन आग्रह गरेका छन् । १ वर्ष अघि मलेसिया गएका हरेराम २० दिन अघि पक्राउ पर्नुभएको हो । पक्राउ परेको खबर आएपनि परिवारले पक्राउ पर्नुको कारण थाहा पाएको छैन । 

श्रीमती गीतासँग कुरा गर्दा हरेरामले आफूले होटलमा काम पाएको बताउनुभएको थियो । तर आफन्तले हरेराम जेल परेको खबर गरेपछि गीता समस्यामा पर्नुभएको छ । श्रीमान् जेल परेको खबर सुनेपछि गीताले एजेण्ट सुरेन लामालाई बुझ्न लगाउनुभयो । 
 
सुरेनले हरेराम मलेसिया सरकारको अनुमति नै नलिई होटल चलाएकाले पक्राउ परेको जानकारी दिनुभएको छ । सुरेनले हरेरामसँगै पाँच जना नेपालीलाई पनि मलेसियाको इमिग्रेसनको टोलीले पक्रिएको खबर सुनाएपछि गीता श्रीमानलाई छुटाइदिन आग्रह गरिरहनुभएको छ । 
 
‘होटलमा काम गर्छु भनेको मान्छे होटल चलाएको भनेर कसरी पक्राउ पर्नुभयो बुझ्नै सकेको छैन’ गीताले भन्नुभयो । श्रीमान् मलेसिया जाँदाको कागजपत्रको फोटोकपी गीतासँग नभएकाले उहाँको बारेमा बुझ्न समस्या भएको छ । 
 
उनीहरुलाई मलेसियाको जोहोरबारुमा रहेको एक जेलमा राखेको बुझिएपनि थप जानकारी दिन कसैलाई पनि जान नदिइएको मलेसियामै रहेका हरेरामका आफन्तले बताएका छन् । मलेसियाको प्रहरीले भने होटल सन्चालक अध्यागमनको सम्पर्कमा नआएकाले कामदारलाई जेलमै राखिएको बताएको छ ।
 
हरेरामका परिवारले एजेण्ट र म्यानपावरलाई उहाँको उद्धार गरिदिन आग्रह गरिरहेका छन् । उनीहरुले आफूले पनि प्रयास गरिरहेको जवाफ दिएको गीताले बताउनुभयो । गीताले श्रीमानको उद्धार गरिदिन आग्रह गर्दै सिरहामा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा पनि निवेदन दिनुभएको छ ।
 
Published on: 23 March 2018 | Ujyaaloonline

Back to list

;