s

मलेसियामा हप्तामा एउटा भएपनि वाइडबडी जहाज पठाउनुपर्छ : राजदूत पाण्डे

कान्तिपुर संवाददाता

काठमाडौँ — मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले करार अवधि समाप्त भएका कामदारलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय उडानलाई नियमित गर्नुपर्ने बताएका छन् । 

‘मलेसियामा प्रत्येक हप्तामा कम्तीमा ५ सय जनाको करार अवधि समाप्त भइरहेको छ । अहिले करार अवधि समाप्त भएका कामदारको सवाल उठिरहेको छ’, रोलिङ नेक्ससद्वारा आयोजित वेभिनारलाई सम्बोधन गर्दै राजदूत पाण्डेले भने,‘सके नियमित उडान राखौं नत्र कम्तीमा हप्तामा एउटा भएपनि वाइडबडी जहाज मलेसियामा पठाउनुपर्ने अवस्था आएको छ ।’

उडान रोकिदा मलेसियामा मृतक कामदारको शव २६ पुगेको छ । ‘सजाय भुक्तान गरेर स्वदेश फिर्न डिपोर्टटेसन सेन्टरमा बसेका नेपालीको संख्या ३६ जना पुगेको छ । सबैलाई समयमा पठाउन नसक्दा समस्या थपिदै जान्छ’, उनले भने,‘झन्डै ३० टन जति स्वास्थ्य सामग्री जम्मा भइसकेको छ ।’

उनले गएको एकहप्तामा मलेसियामा कोरोनाको संक्रमण दर बढिरहेको बताए । ‘हालसम्म मलेसियामा झन्डै ५ हजार नेपाली कामदार संक्रमित भइसकेका छन् । जसमध्ये १३ जनाको मृत्यु भएको छ’, उनले भने ।

Published on: 25 May 2021 | Kantipur

Link

Back to list

;