s

मलेसियामा घरफिर्ति केन्द्रमै कामदारको मृत्यु

तीन महिनाको बन्दी जीवन विताएर मलेसियाबाट घर फर्कने तयारीमा रहेका एक युवको मृत्यु भएको छ । उनी एक साता पछि अर्थात मार्च २२ तारिखमा स्वदेश फर्केने मिति तय भएको थियो ।
 
अवैधानिक रुपमा काम गरी रहेको अवस्थामा ३ महिनाअघि पक्राउ परेका माझीफेदा गाविस, काभ्रेका स्थायी वासिन्दा अंगेश तामाङ मलेसियाको जोहोरस्थित पोन्टेनको फिर्ती केन्द्र (डिपोर्टेसन सेन्टर)मा रहेका थिए । सोही क्रममा अचानक विरामी भएपछि उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।
 
दूतावासका द्वितीय सचीव महेश्वर त्रिपाठीका अनुसार तामाङको भाइरस इन्फेक्सन र सेप्टी सकका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्ट आएको छ । नेपालबाट शब बुझ्ने परिवारको मञ्जुरीपत्र पठाएपछि मात्र शव नेपाल पठाइने दूतावासले जनाएको छ ।
 
Published on: 16 March 2018 | Madhyanha

Back to list

;