s

मलेसियामा एक नेपालीकाे मृत्यु

अर्जुन काफ्ले

रोजगारीको सिलसिलामा मलेसिया आएका एक नेपालीको मृत्यु भएको छ।

प्यूठानका दिपक नेपालीको मृत्यु भएको उनका साथी छत्र लकाइले जानकारी दिए।१० दिन अघिदेखि पेट दुखेको र काममा जान नसकेका उनको आइतवार आफ्नै कोठामा मृत्यु भएको हो।

क्वालालम्पुरस्थित एक्सपिड सेक्युरेटी कम्पनीमा कार्यरत नेपाली ११ महिना अघिमात्रै मलेसिया आएका थिए। पटक–पटक बिरामी भएको र काममा जान नसकेको खबर कम्पनीमा नेपालीले गरेपनि उनको उपचारमा कम्पनीले ध्यान नदिएकै कारण उनको ज्यान गएको उनका साथी छत्रले बताए।

उनको शव क्वालालम्पुरस्थित अस्पतालमा राखिएको छ।

Published on: 24 January 2017 | Annapurna Post

Back to list

;