s

मलेसियामा एक नेपाली कामदारको मृत्यु

झापा, दमक–२ का सुरेन्द्र विष्ट (फणिन्द्र) को वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएको छ । मलेसियास्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो । सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको थियो । तीन वर्षअघि रोजगारीका क्रममा मलेसिया पुगेका विष्टको शव ल्याउने तयारी भएको मृतकका पिता हरिभक्तले जानकारी दिए ।

Published on: 2 February 2018 | Madhyanha

Back to list

;