s

मलेसियामा दुघर्टनामा परेका भेषबहादुरको घर फर्कने टुंगो छैन

अवैधानिक हैसियतमा मलेसियामा रहेका भेषबहादुरलाई नेपाल फर्कन अहिले अप्ठेरो परेको छ । उपचार राम्रोसित हुन सकेको छैन । दुघर्टना भएको पाँच दिनपछि अथवा १६ फेब्रुवरीमा जोहोरबारुको तामानपुत्रीस्थित डेरामा भेटिएका भेषबहादुर ओछ्यानमै लडिरहनु भएको थियो । मलेसियामा रहेका बाग्लुङको तमान गाउँपालिका ५ का भेषबहादुर बुढा मगरसित रोजगारी गर्दा चाहिने कागजपत्र थिएन । ११ फेब्रुवरी २०१८ मा सडक दुघर्टनामा पर्दा उहाँको दाहिने खुट्टामा नराम्ररी चोट लागेको छ । भेषबहादुरले चलाएको मोटरसाइकललाई कारले ठक्कर दिँदा दुघर्टना भएको थियो । उपचारका लागि अस्पतालमा हुनुपर्ने बेला उहाँ डेरामा हुनुहुन्थ्यो । तत्कालका लागि उपचार त गरियो, तर घाउ निको भइन्जेल अस्पतालले भर्ना गर्न मानेन । त्यसको एउटै कारण थियो, भेषबहादुर अवैधानिक हैसियतमा हुनु । दाहिने गोडामा लागेको घाउ ओभाउँदै मात्रै थियो । गोडालाई स्टिलका डण्डाले भर दिइएको छ । उपचार भन्नु त्यत्ति हो ।

 

Published on: 11 March 2018 | Ujyaaloonline

Back to list

;