s

मलेसियामा दमकका विष्टको मृत्यु

झापाकाे दमक २ का सुरेन्द्र विष्ट (फणिन्द्र)को रोजगारीका सिलसिलामा मलेसियामा ज्यान गएकाे छ । त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो । सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको थियो । ३ वर्षअघि रोजगारीका क्रममा मलेशिया पुगेका विष्टको बिहीबार शव ल्याउने तयारी भएको मृतकका पिता हरिभक्तले बताउनुभयो । 
 
Published on: 1 February 2018 | Ujyaaloonline

Back to list

;