s

मलेसियामा कफी पिउँदा एक नेपाली अचेत

कफी पिउँदा मलेसियाको पेनाङमा कार्यरत दुई नेपाली गम्भीर बिरामी परेका छन् । डुरियन फ्लेबरको दुई सानो प्याकेटको कफी मिसाएर बाँडेर पिएका उनीहरु बिरामी परेका हुन् ।
 
त्यसरी कफी पिएको करिब १० मिनेटमै उनीहरुलाई रिंगटा लागेको र कमजोर भइ अचेत समेत भएको मलेसियाली भाषाको अनलाइन पोर्टल कोस्मोले उल्लेख गरेको छ ।
 
३१ र ४५ बर्षीय ती दुवैजना त्यहाँको पुलाउ तिकुसस्थित एउटा व्यापारिक भवनमा सुरक्षा गार्डको काम गर्छन् । ती दुईमध्ये एकजना अचेत भएका थिए ।
 
बुधबार बिहान ९.३० बजेको भएको उक्त घटनापछि उनीहरुलाई नजिकैको अस्पतालमा पुर्‍याइएको थियो । हाल उनीहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ । उनीहरुको पूर्ण परिचय खुलाइएको छैन ।
 
झट्ट हेर्दा नेपाली रुख कटहरजस्तो देखि डुरियन उष्णतापीय भूक्षेत्रमा रुपमा फल्ने फल हो । रक्तचाप, मुटुसम्बन्धी रोगहरुका विरामीका लागि फलदायी मानिने यो फल कतिपय पदार्थसँग मिसाएर खाएमा ज्यानै समेत जान सक्छ ।
 
डाक्टरहरुका अनुसार यो फल दुघ, कफी, मटन, बिफ, रक्सी आदि कतिपय खाद्यपदार्थ एवं पेयपदार्थसँगै खानुहुँदैन । यी पदार्थहरुसंग खानु शरीरका लागि ज्यादै खतरनाक मानिन्छ ।
 
Published on: 2 February 2018 | Kantipur

Back to list

;