s

मलेसियामा अश्लिल तस्बिर राख्नेलाई १२ महिना जेल

मलेसियाको अदालतले मोबाइलमा अश्लिल फोटो राखेको भन्दै २९ वर्षिय भेटलबहादुर बमलाई १२ महिनाको जेल सजाय सुनाएको छ । 

न्यायधिस मोहम्मद अजलान शाह मोहम्मद अलएिसको इजलासले सो सजाय सुनाएको हो । अदालतमा बमले अभियोग स्वीकार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । 

मलेसियामा सफाई मजदुरको काम गर्दै आएका बमले स्यामसुङ ग्यालेक्सी मोबाइलमा ५ वटा अस्लिल तस्विर राखेका थिए । मलेसियाको कानुन अनुसार यस्तो तस्विर बोक्नेलाई तीन बर्षसम्म जेल सजाय र जरिवाना वा दुबै हुनसक्ने ब्यबस्था गरेको बताइएको छ ।  

Published on: 7 January 2017 | Kantipur 

Back to list

;