s

मलेसियामा अलपत्र १० जना नेपालीको उद्धार

घर फर्किने पैसा नभएर मलेसियामा अलपत्र परेका १० जना नेपालीको उद्धार गरिएको छ । मलेसियामा रहेको नेपाली दूतावासले सल्यानका अमर विक, बाँकेका नजिर अलि साई, तनहुँका नारायणबहादुर खड्का, सिन्धुलीका प्रकाश पाख्रिन र संखुवासभाका वीरबहादुर मँग्रातीलाई नेपाल पठाएको हो ।
 
घर फर्किनेहरुमा काठमाडौंका देवकुमार दमाई, जाजरकोटका हरिश पुन, पर्साका हवारी मोहम्मद रफिक मिया, कास्कीका टिकाबहादुर तामाङ र ताप्लेजुङका उक्निहाङ लिम्बु छन् । अलपत्र परेका उनीहरुलाई दूतावासले उद्धार गरी घर फिर्ती केन्द्रमा राखेको थियो । 
 
केन्द्रमा रहेका उनीहरु विरामी पर्न थालेको, मानसिक समस्या देखिएको र केहीले आत्महत्या समेत गर्न सक्ने खतरा भएकाले नेपाल पठाइएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
उनीहरुलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट प्राप्त बजेटबाट टिकट गरेर पठाइएको दूतावासले जनाएको छ । 
 
Published on: 23 February 2018 | Ujyaaloonline

Back to list

;