s

मलेसियाले आवागमन नियन्त्रण आदेशको समयावधि थप्यो

गाेरखापत्र अनलाइन 

काठमाडौं, चैत्र २९ गते । मलेसिया सरकारले आवागमन नियन्त्रण आदेशको समयावधि थपेको छ ।

मलेसिया स्थित नेपाली दूतावासले शुक्रबार एक सूचना जारी गर्दै १४ दिन समयावधि थप गरेको जानकारी दिएको हो ।

कोरोना भाइरसको नियन्त्रण र कोकथाम गर्न १८ मार्च देखि १४ अप्रिलसम्म लागू गरेको आवगमन आदेशको समयावधि २८ अप्रिलसम्म कायम हुने गरी थप गरेको दूतावासले जानकारी दिएको हो ।

साथै सो अवधिभर सरकारको आवागमनको नियन्त्रणको आदेशको पालना गर्न मलेसियामा रहेका नेपालीहरुलाई दूतावासले अपिल गरेको छ ।

Published on: 11 April 2020 | Gorkhapatra

Link

Back to list

;