s

मलेसियाले फेरि बढायो विदेशी श्रमिकको लेभी

अर्जुन काफ्ले
 
मलेसिया: स्थगित गरिएको भनिएको बिदेशी कामदारको लेभी मलेसिया सरकारले वृद्धि गरेको छ । हाल बढेको  लेभी शुल्क पुर्बी मलेसियाको (सावा र सार्वाक) भने लागू नहुने स्पष्ट पारिएको छ । 
 
केही समयअघि मन्त्रिपरिषद बैठकले आप्रवासी कामदारको लेभी तत्काल बृद्धि नगर्ने निर्णय गरेको थियो । तर अचानक फेरि लेभी बढाइएको यहाँका जानकारी यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्  ।
 
यसअघि घोषणा गरेकै शुल्कलाई फेरबदल गरी मलेसियाले नयाँ शुल्क निर्धारण गरेको गृहमन्त्रालयका महासचिव दातुक सेरी अल्वी ईब्राहिमलाई उद्धृत गर्दै मलेसियन सञ्चारमाध्यमले जनाएका हुन् । 
 
लेभीलाई पहिले जस्तै २ प्रकारले निर्धारण गरिएको छ । उत्पादन र निर्माणका लागि एक हजार ८ सय ५० आरएम तय गरिएको छ ।  सेवाको लागि यसअघि नै एक हजार ८ सय ५० आरएम लेभी भएकाले सेवा तर्फको लेबि यथावत छ । 
 
यस्तै कृषि र बगानका लागि ६ सय ४० आरएम निर्धारण गरिएको छ। उत्पादन र निर्माणतर्फ काम गर्नेले यसअघि वार्षिक एक हजार २ सय ५० आरएम तिर्दै आएकोमा ६ सय आरएम थपिएको हो । 
 
यस्तै कृषि क्षेत्रमा काम गर्नेले ४  सय सय १० आरएम र बगान क्षेत्रमा काम गर्नेले ५ सय ९०  आरएम लेबी तिर्दै आएकोमा कृषितर्फ २ सय ३० आरएम र बगानतर्फ ५० आरएम थप तिर्नु पर्ने भएको छ ।
 
गत फेब्रुवरी १ मा लेभी शुल्क बृद्धि गर्दा ब्यापक बिरोध भएपछि स्थगित भएको थियो । यसअघि उत्पादन निर्माण र सेवाका लागि २ हजार ५ सय आरएम तथा कृषि र बगानका लागि १ हजार ५ सय आरएम लेवी तय गरिएको थियो । 
 
यो लेवी शुल्क लागू हुन सकेको थिएन । फेब्रुवरी १ देखि लागू हुने भनि घोषणा गरिएको लेबीको सन्दर्भमा उद्योगी तथा  ब्यवसायी संघका ५५ वटा संगठनले बिरोध गरेपछि सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य बनेको थियो । 
 
गत फेब्रुवरी १६ मा पनि बिभिन्न २८ वटा उद्योगी तथा ब्यवसायीहरुको समुहसँग सरकारले बार्ता गरेको हो । 
 
आप्रवासी कामदारका लागि भने आगामी जुलाईदेखि  मासिक एक हजार रिंगेट न्युनतम पारिश्रमिक लागू गर्ने मलेसियाले यसअघि नै घोषणा गरिसकेको छ ।लेबी वृद्धिसँगै रोजगारीको लागि मलेसिया आएका नेपाली श्रमिक समेत प्रभावित हुनेछन् ।
 
Published on: 21 March 2016 | Annapurna Post

Back to list

;