s

मलेसियाले पठायो कामदारको स्वास्थ्य परीक्षण मापदण्ड

तुलसी सुवेदी

नयाँ कामदार भर्नाका लागि मलेसियाले स्वास्थ्य परीक्षण मापदण्ड पठाएको छ। मलेसियाले नेपालसँग श्रम सम्झौता भएको चार महिनापछि शुक्रबार स्वास्थ्य परीक्षणको मापदण्ड पठाएको हो। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले मलेसियाले पठाएको स्वास्थ्य परीक्षण मापदण्ड अध्ययन गरी मलेसियासँग छलफल गरेर निचोड निकालिने जानकारी दिए।  ‘नेपालको राय र मलेसियाको मापदण्ड अनुसार स्वास्थ्य परीक्षणका लागि नयाँ संस्था छनोट हुने छन्’, उनले भने। नेपाल र मलेसियाबीच गत कात्तिकमा श्रम सम्झौता भएको थियो। 
 
स्वास्थ्य परीक्षणको मापदण्ड पठाउने सम्झौतामै उल्लेख भएपनि मलेसियाले पूरानै प्रणालीबाट कामदार पठाउन दबाब दिइरहेको थियो। नयाँ मापदण्ड अनुसार चाँडै स्वास्थ्य परीक्षण गर्ने संस्था छनोट हुने प्रवक्ता रेग्मीको भनाइ छ। मलेसिया जाने कामदारमाथि बायोमेट्रिक स्वास्थ्य परीक्षणका नाममा ३९ मेडिकल सेन्टरले मात्रै स्वास्थ्य परीक्षण गर्दै आएका थिए। 
 
Published on: 24 March 2019 । Annapurna Post

Back to list

;