s

मलेसियाले परराष्ट्रलाई पठायो बायोमेट्रिक स्वास्थ्य परीक्षण विधि, के-के बिषय उल्लेख छ

मलेसियन सरकारले कामदार लैजाने विषयमा जोडिएको बायोमेट्रिक स्वास्थ्य परीक्षण संस्था संचालन कार्यविधि नेपाल सरकारलाई पठाएको छ।नेपालमा रहेको मलेसियन दुतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालयलाई लिखित रुपमा पत्राचार गरेर मलेसियन सरकारले बायोमेट्रिक सम्बन्धि कार्यविधि पठाएको हो।
 
'नेपालसहित कामदार लैजाने १५ मुलुकलाई हामीले हाम्रो स्वास्थ्य परीक्षण कार्यविधि बारे पत्राचार गरेर जानकारी गराएका हौं,' काठमाडौंस्थित मलेसियन दुतावासका एक अधिकारीले भने । मलेसियन सरकारले निर्धारण गरेको स्टार्डड अपरेटिङ प्रोसियुडर एसओपीमा नेपाल लगायतका १५ वटै मुलुकहरुबाट स्वास्थ्य परीक्षण गर्ने विधि एउटै भएको भएको पत्रमा उल्लेख गरिएको ती अधिकारीले बताए।
 
२६ पुष्ठ लामो कार्यविधिमा कामदारको मेडिकल जाँच, एक्सरे, प्याथोलोजी ल्याव, क्वालिटी म्यानेजमेन्ट सिस्टम अफ ल्याब्रोटरी, टेक्निकल रिक्वायरमेन्ट लगायतका विषयमा स्वास्थ्य परीक्षण विधि कसरी गर्ने उल्लेख गरिएको छ। मलेसिया जानका लागि कामदार छनौट सकेपछि मलेसियाले नै छनौट गरेको प्यानल मेडिकलमा गएर स्वास्थ्य परीक्षण (बायोमेट्रिक) गर्नुपर्ने, मेडिकल संस्थामा गएर अनलाइन पासपोर्ट रजिष्टेसन गर्नुपर्ने लगायतका प्रक्रियाहरु पुरा गरिकसेकपछि कामदार मेडिकल फिट वा अनफिट रहेको जानकारी मेडिकल सेन्टरहरुले मलेसियामा रहेको स्वास्थ्य मन्त्रालयलाई कामदारको रेर्कड उपलब्ध गराउनुपर्ने सो पत्रमा उल्लेख रहेको छ।
 
स्रोतका अनुसार पछिल्लो समय अर्थात चैत ५ गते मलेसियन सरकारले जानकारी गराएको स्वास्थ्य परीक्षण गर्ने कार्यविधि लगभग पुरानै मोडेल अनुसारको हो। त्यसमा एक दुइ वटा बुदाँ मात्र परिवर्तन भएका छन् । पुरानै प्रक्रियाबाट कामदारको भिसा र स्वास्थ्य परीक्षण हुने विषय काठमाडौंस्थित मलेसियन दुतावासले यसअघि पनि परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो। परराष्ट्रलाई ती विषयमा जानकारी गराएपनि रोजगारीका लागि मलेसिया अझै खुल्न सकेको छैन् ।
 
'नेपाली कामदार लैजाने प्रक्रियामा हाम्रोतर्फबाट कुनै समस्या छैन् काठमाडौंस्थित मलेसियन दुतावास स्रोतले भन्यो,' 'कात्तिक १२ गते भएको श्रम समझदारी अनुसार कामदार लैजान हामी आतुर छौं।'
 
Published on: 24 March 2019 । Setopati

Back to list

;