s

मलेसियाले खोल्यो अस्थायी प्रतिबन्ध, अब कामदार जान पाउने

मलेसियाले आप्रवासी श्रमिकका लागि लगाएको अस्थायी प्रतिबन्ध खुलाएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले आउँदो शुक्रबारदेखि श्रमिक ल्याउन खुला गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण मन्त्रालयले गत ३१ अगस्टसम्म नेपालीसहित सबै आप्रवासी श्रमिक ल्याउन रोक्ने उद्देश्यले आप्रवासी कामदारको मागपत्र प्रमाणीकरण स्वीकृत नगर्ने निर्णय गरेको थियो ।

नेपाली कामदारको प्रमुख श्रम गन्तव्य रहँदै आएको मलेसियामा पछिल्लो समय श्रमिकको आधारभूत पारिश्रमिक वृद्धि भई एक हजार पाँच सय मलेसियन रिंगेट पुगेपछि आकर्षण बढेको थियो ।

तर, प्रतिबन्धका कारण कामदार जान पाएका थिएनन् । यो वर्ष मलेसिया जाने नेपालीको संख्या उल्लेख्य बढ्ने अनुमान गरिएको छ ।

Published on: 18 August 2022 | Naya Patrika

Link

Back to list

;