s

मलेशियाले २० हजार घरेलु कामदार लैजाने

मलेशियाले यस वर्ष सन् २०१८ मा कम्बोडियाबाट २० हजार घरेलु कामदार लैजाने भएको छ ।  मलेसियाको कोएसोसिएसन अफ फोरेन मेड एजेन्सीज (पापा) का  अध्यक्ष ‘जेप्रली फो’का अनुसार कम्बोडियाको श्रम तथा व्यवसायिक तालिम मन्त्रालयसँगको समन्वयमा ती घरेलु कामदार लगिने छन् । कामदार छनोट तथा भर्ना प्रक्रिया आगामी मार्च महिनाबाट शुरु हुनेछ ।
 
मलेसियामा घरेलु कामदारहरुको ठूलो माग रहेको छ । मलेसियालेले घरेलु कामदार लैजाने विषयमा कम्बोसँग लामो समयदेखिको छलफल फलदायी भएको बताइएको छ ।
 
मलेसियाको कोएसोसिएसन अफ फोरेन मेड एजेन्सीस (पापा)ले कम्बोडियाबाट आउने घरेलु कामदारको सुरक्षाका लागि उनीहरु प्रत्येकलाई एक–एक वटा स्मार्ट फोन उपलब्ध गराउने र बैंक खाता खोली बैंकमा तलब पठाइदिने सहमति गरेको छ ।
 
मलेशियाले नेपालबाट पनि घरेलु कामदार लैजान चासो दखाएको थियो । श्रम तथा रोजगार मन्त्रालय सूत्रका अनुसार तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरूङको कार्यकालताका मलेशियाले नेपालसँग यस बारेमा अनौपचारिक छलफल पनि अगाडि बढाएको थियो । मलेशियाले नेपालसँग जनरल वर्कर सम्बन्धी ‘एमओयू’सँगै घरेलु कामदार सम्बन्धी सम्झौता पनि गर्ने चासो देखाएको थियो । तर, नेपाली पक्षबाट यसबारे खासै चासो नदेखाइएपछि मलेशिया कम्बोडियातर्फ लागेको बताइएको छ ।
 
Published on: 19 February 2018 | Madhyanha 

Back to list

;