s

मलेसियाको म्याक्स मनीबाट नेपालमा रेमिट्यान्स कारोबार गर्न प्रतिबन्ध

काठमाडौँ — मलेसियाको म्याक्स मनी प्रालिलाई नेपालमा रेमिट्यान्स कारोबार गर्न रोक लगाइएको छ । एक सार्वजनिक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले सबै इजाजतपत्र वित्तीय संस्थालाई सो म्याक्स मनीसँग कारोबार गर्न रोक लगाएको हो ।

म्याक्स मनीले रेमिट्यान्स वापतको रकम नेपाली वित्तीय संस्थाहरुलाई भुक्तानी नगरेकाले यसअघि वि.सं. २०७५ सालमा पनि सो संस्थासँग कारोबार गर्न रोक लगाएको थियो । त्यसपछि बीचमा म्याक्सले आंशिक रकम भुक्तानी गरेपछि २०७६ माघमा प्रतिबन्ध फुकुवा गरिएको थियो । तर प्रतिबन्ध फुकुवा गरेपछि पनि तोकिएको बाँकी बक्यौता भुक्तानी नगरी शर्त पालना नगरेको भन्दै राष्ट्र बैंकले अहिले प्रतिबन्ध लगाएको हो ।

म्याक्स मनीसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्न, नगराउन र सो संस्थाले नेपालीसँग मलेसियामा रकम संकलन गरी अन्य मल्टिकरिडोरमार्फत त्यस्तो रकम पठाउने कार्यका लागि तेस्रो पक्षबाट हुने कारोबार समेत स्वीकार नगर्न राष्ट्र बैंकले भनेको छ ।

Published on: 14 July 2023 | Kantipur

Link

Back to list

;