s

मलेसियाको इमिग्रेसन सेक्युरिटी क्लीयरेन्स एक साताका लागि बन्द

नेपालस्थित मलेसियन दुतावासले मलेसियाका लागि इमिग्रेसन सेक्युरिटी क्लीयरेन्सलाई (आईएससी) एक साताको लागि बन्द भएको जनाएको छ ।
 
सोमबार एक विज्ञप्ति जारी गर्दै दूतावासले भनेको छ,‘महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले छापा हानेर व्यवसायीहरुलाई पक्राउ गरेको विषयलाई मध्यनजर गर्दै आइएससी बन्द गरिएको छ ।’
 
त्यस्तै, दूतावासले अर्को सूचना जारी नभएसम्म वानस्टप सेन्टर (ओएससी) भने सञ्चालन भइराख्ने जनाएको छ ।
 
विशेष गरी पर्यटक भिसा र अन्य सामाजिक भिसाको प्रक्रिया सुचारु राख्नका लागि वान स्टप सेन्टर बन्द गर्न नमिल्ने दूतावासले उल्लेख गरेको छ ।
 
Published on: 21 May 2018 | Onlinekhabar

Back to list

;