s

मलेसियाको एक अस्पतालमा १५ दिनदेखि एक म्याग्देली

रोजगारको सिलसिलामा मलेसियामा पुगेका एक म्याग्देली अचानक बिरामी भएपछि अस्पतालमा अलपत्र परेका छन्।

म्याग्दीको रघुगंगा गाउँपालिका–८, का २६ बर्षिय दिपक छन्त्यालको सरकारी अम्पाङ्ग अस्पतालमा विगत १५ दिनदेखि उपचारार्थ छन्त्यालको स्वास्थ्य अवस्था जटिल रहेकाले तत्काल उपचारमा आर्थिक तथा उद्धारको आवश्यकता रहेको छ।

अचानक विरामी भएपछि अस्पतालमा भर्ना भएका छन्त्यालको मुटु र मृगौलामा खरावी भएको भन्दै परीक्षण गरिएको छ भने अक्सिजनको सहायतामा उपचार भइरहेको मोना मलेसियाका अध्यक्ष पूर्ण रोका मगरले बताए।‘रिर्पोटहरू आउन बाँकी छ, सामान्य बोल्छन्, अहिलेकै अवस्थामा उपचार सम्भव नभएकाले सबैको सहयोगको आवश्यकता छ’ अध्यक्ष रोकाले भने।

बिरामी भएर अस्पतालमा भर्ना भएको जानकारीपछि मलेसियाको जोहोर बारु सेनाईबाट ३८० किलोमिटरको यात्रा पछि अस्पतालमा पुगेका अध्यक्ष रोकाले सरकारी अस्पतालको उपचार खर्च आर्थिक सहयोग जुटाएर मात्रै सम्भव नहुने भएकाले कम्पनी र नेपाली दुताबासमार्फत समेत पहल आवश्यक रहेको बताए।

अस्पताल आसपासका क्षेत्रमा रहेका म्याग्देलीलाई छन्त्यालको उपचारमा सघाउन र स्वास्थ्यकर्मीबाट नियमित जानकारी लिन समेत उनले अनुरोध गरे । उनले छन्त्यालको परिवारलाई समेत अवस्थाका बारेमा जानकारी गराएको बताए।

छन्त्यालको स्वास्थ्य अवस्थाका बारेमा नेपाली दुतावासको समेत ध्यानाकर्षण गराइएको बताउँदै जीवमरणको दोसाधमा रहेकोले उनको जीवन रक्षामा विशेष ध्यान दिनुपर्ने अध्यक्ष रोकाले बताए।अस्पतालमा भर्ना भएका छन्त्यालका उद्धारको खाँचो रहेको मोना मलेसियाले जनाएको छ।

Published on: 20 November 2023 | Nagarik

 

Link

Back to list

;