s

मलेसियाको अस्पतालमा कालिकोटका रगुचन ७६ दिनदेखी अचेत अवस्थामा

बिस्नप्रसाद न्यौपाने
 
कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका निवासी रगुचन उपाध्याय ७६ दिनदेखी मलेसियाको अस्पतालमा अचेत अवस्था रहनुभएको छ । २०१७ जुन २२ तारीखका दिन राती ३ बजेतिर काम गरिरहेको अवस्था बिपरीत दिशाबाट आएको कारको ठक्करबाट घाईते हुनु भएका उपाध्याय मलेसियाको लंकवाई अस्पतालमा उपचार भईरहेको भएपनि ७६ दिनसम्म अचेत अवस्थामा रहनुभएको हो ।
 
मेलेसियामा ७६ दिनदेखी अचेत रहनुभएका उपाध्यायको उद्धार गरिदिनुुहुन आफन्तहरुले माग गरेका छन् । उहाँका साथी धर्मेन्द्र शाहीले गोरखापत्र अनलाइनसंग कुरा गर्दै भन्नुभयो, माधक पदार्थ सेवन गरी मात्तिएका डाईभरले कार चलाएर ठक्कर दिदा अचेत हुनुभएका उपाध्याय ७६ दिन वित्तिसक्दा पनि अचेत नै हुनुहुन्छ । अस्पतालमा उपचार भईरहेको भएपनि सन्चो हुने नहुने निश्चित छैन् । उहाँको उद्धार गर्न सबै सम्बन्धित निकायसँग आग्रह गर्दछु उहाँले भन्नुभयो ।
 
सन् २०१४ अक्टोर २४ मा पंगेनी ह्युमन प्रालि नामक मेन पावर कम्पनीको माध्यामबाट घाईते उपाध्याय मेलेसिया जानुभएको थियो । उहाँ अहिले मलेसियाको लंकवाई अस्पतालमा अचेत हुनुहुन्छ । तत्काल उहाँको उद्धार नभए उहाँको ज्यान पनि जान सक्छ । घाईते उपाध्यायको उद्धारका लागि मेनपावर कम्पनी पंगेनी ह्युमन प्रालिले समेत चासो नदेखाएको आफन्तहरुको भनाई छ ।
 
Published on: 8 September 2017 | Gorkhapatra

Back to list

;