s

मलेसियाका नेपाली उद्धार गर्न कानुन व्यवसायी

 
काठमाडौं- मलेसियाका जेलमा रहेकाकरिब ४ सय नेपालीको उद्धार र कानुनी सहयोग पुर्यामउनपहिलोपटक सरकारले कानुनव्यवसायीको व्यवस्था गरेको छ। रोजगारदाताकम्पनी छाडेर भागेका, पासपोर्ट नभएकातथाअन्यअपराधको आरोप लागेका नेपालीलाई सहयोग पुर्याोउनुपर्ने अवस्था आएपछि वैदेशिक रोजजार प्रवर्द्धन बोर्डले कानुनव्यवसायीको व्यवस्थागर्न आवश्यक पर्ने रकममलेसियास्थित नेपालीदूतावासमा पठाइसकेको जनाएको छ।
 
'कामगर्न गएको मान्छे जेलमा परेको पाइएपछि उनीहरूलाई सहयोग गर्न कानुनव्यवसायीआवश्यक परेको हो,' बोर्डकाकार्यकारी निर्देशक रघुराजकाफ्लेले भने, 'भाषागत ज्ञानका कारण मलेसियाकै कानुनव्यवसायीलाई छनोटमा पहिलो प्राथमिकतादिइएको छ।' कमाउनगएको मान्छे जेलमा परेपछि स्वदेशमा रहेकाआफन्त र परिवार तनावमापर्छन्। त्यस्तापरिवारले पटकपटक सहयोगको याचना गरे पनिपीडितलेकानुनी सहयोग पाउन सकेकाथिएनन्। विपन्न परिवारका सदस्यलाईकानुनीउपचार खोज्न निकै समस्याहुने गरेको छ। सामान्यकानुनी ज्ञानसमेत नहुँदाकैयौं नेपालीमलेसियाको जेलमा बस्नु परेको बताइन्छ। सरकारी अधिकारीकाअनुसार सामान्यकानुनीप्रक्रिया पूरा गर्ने हो भने पनि कैयौं नेपाली जेलबाट छुट्ने सम्भावना छ।
 
कार्यकारी निर्देशककाफ्लेले अघिल्लो सातामलेसियाको भ्रमणमा करिब चार सय कामदार त्यहाँकाजेलमा रहेको पाइएपछि उनीहरूलाई आवश्यक पर्ने कानुनीसहयोग दिनकानुनव्यवसायीको व्यवस्थागरिएको बताए।
 
अघिल्लो वर्षसम्मनेपालीकामदारको प्रमुखगन्तव्यरहेकोमलेसियाको आर्थिक अवस्थाबिग्रनथालेको छ। कामदारको असुरक्षापनि बढेपछित्यताजानेको संख्या घट्दो छ। विगतमाधेरै कामदार गएकाले त्यहाँ नेपालीको संख्या ठूलो रहेकोअध्ययनटोलीमा संलग्न सरकारी अधिकारी बताउँछन्।
 
अख्तियार दुरुपयोग अनुसन्धानआयोगको नेतृत्वमा अघिल्लो सातावैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र वैदेशिक रोजगार विभागकाप्रमुख सम्मिलत टोलीले नौ दिनसम्मत्यहाँको विस्तृत अध्ययन गरको थियो। टोलीका सदस्यले मलेसियाको रोजगारी नेपालीकामदारकालागिप्रतिकूलहुँदै गइरहेको जानकारी दिए। 'खस्कँदो अर्थतन्त्र, रिंगेटको भाउमानिरन्तर गिरावट, नेपालीले नेपालीमाथिगर्ने शोषण तथातमिल समुदायको असुरक्षाले गर्दा कामदार समस्यामा परेका छन्,' विभागकामहानिर्देशक केदार बोगटीले भने। बोगटीका अनुसार मलेसियामा रहेकाकरिब १० लाख नेपालीमध्ये तीनलाखजतिले स्वदेश फर्कन चाहेका छन्।जाने बेलालिएको ऋण चुक्तागर्न नसकेकातीनलाखहाराहारीकामदार मानसिकतनावमा छन्।
 
खुल्ला समाज र नेपालको जस्तै मौसम तथाभौगोलिक वनावटका कारण अघिल्लो वर्षसम्मनेपालीकामदारकोपहिलो गन्तव्यमलेसियाहुने गरेको थियो। विभागकाअनुसारगतआर्थिक वर्षको ६ महिनामा१ लाख १७हजार ६ सय ८६ नेपालीकामदार मलेसियागएकामा यो वर्ष ३५ हजार ३ सय ३५ जनामात्रगएका छन्। वैदेशिक रोजगारीमाज्यानगुमाउने र अंगभंग धेरै हुने मुलुकमापनिमलेसिया अग्रस्थानमा छ। बोर्डकाअनुसार आर्थिक वर्ष २०७१/७२ मावैदेशिक रोजगारीको क्रममा एक हजार दुईजनाले ज्यानगुमाउँदामलेसियामामात्रै ४ सय २५ को मृत्यु भएको थियो। चालु आर्थिक वर्षको ६ महिनामामलेसियामा १ सय ९७जनाले ज्यानगुमाएका छन्।पछिल्लो ६ महिनामावैदेशिक रोजगारीको क्रममा४ सय ६३ जनाले ज्यानगुमाएका छन्।
 
मलेसियाको अवस्थाबुझिरहेका छौं : मन्त्रालय
अख्तियार नेतृत्वको टोलीले मलेसियाको रोजगारी समस्यामा परेकोतथ्य फेलापारेपछि श्रम तथा रोजगार मन्त्रालयले यसबारे बझ्नथालेको जानकारी दिएको छ। 'मलेसियामा रहेकादुई लाखभन्दा बढी गैरकानुनी नेपाली र अन्यकामदारको समस्या सार्वजनिक भएपछि बिहीबार मलेसियास्थितश्रम सहचारीसँगयथार्थ विवरण पठाउन कुरा भएको छ,' मन्त्रालयकाप्रवक्तागोविन्दमणि भुर्तेलले भने। अख्तियारको टोलीमाविभाग, बोर्डकापदाधिकारी सम्मिलतभएपनिमन्त्रालयको भने प्रतिनिधित्वथिएन।
 
Published on: 5 February 2016 | Nagarik

Back to list

;